

काठमाडौं महानगरले माग्यो १४० जना ‘सिटी भोलेन्टियर’

काठमाडौं- काठमाडौं महानगरपालिकाले १ सय ४० जना स्वयंसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ ।
२४ साताका लागि मागिएको आवदेन अनुसार छनोट भएका स्वयंसेवकले सातामा २ दिन समय दिनुपर्छ । यस कार्यक्रमअन्तर्गत १ सय जना बाबा (बालबालिका र वातावरण) स्वयंसेवक र ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका) कार्यक्रमका लागि स्वयंसेवक लिन लागिएको हो ।
समय दिन सक्ने आवेदकको अवस्था छनोटको मुख्य आधार हो । यसमा ६० प्रतिशत समय दिन सक्ने स्वयंसेवकलाई प्रमाण पत्र दिइनेछ ।
स्वयंसेवकका लागि आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।

