देश भाँड्नमा समाजकल्याण परिषद्को भूमिका छ : अमरेशकुमार
काठमाडौं – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देश भाँड्नमा समाजकल्याण परिषद्को भूमिका रहेको बताएका छन् ।मंगलबार संसद्को लेखा समितिमा बोल्दै उनले परिषद पार्टीका आफन्त भर्ती केन्द्र भएको आरोप लगाए ।
उनले पहिला राजाको पालामा रानीको काम नभएका कारण समाज कल्याण परिषद् खोलेर आसेपासे राखेजस्तै गणतन्त्रमा नेताका आफन्त र आसेपासे भर्तीकेन्द्र भएको आरोप लगाए ।
एनजिओ आईएनजिओको अनुगमन गर्न सक्दैन भने समाज कल्याण परिषद्को काम नभएको उनले बताए ।