

बारामा ग्यास सिलिन्डर बिस्फोट हुँदा ४ जना घाइते

वीरगञ्ज- ग्यास सिलिन्डर बिस्फोट हुँदा बाराको निजगढ नगरपालिकामा चार जना घाइते भएका छन् ।
निजगढ नगरपालिका–७ शहिद चोकस्थित रोहित वर्कशपमा ग्यास सिलिन्डर बिस्फोट हुँदा चार जना घाइते भएका हुन् ।
चोकवेल्डिङको लागि राखिएको ग्यास सिलिन्डर पड्किएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको न्यौपानेले बताए । उनीहरुको नाम खुल्न बाँकी रहेको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

