चन्द्रागिरिमा बस्ने गीताको कोठाबाट ९ लाख बराबरको चोरी


काठमाडौं- काठमाडौंकाे चन्द्रागिरि नगरपालिका-१२ हरियाली डेरा गरी बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ घर भएकी ३२ वर्षीया गीता कुमारी रानाको कोठामा चोरी भएको छ ।

राना बस्ने कोठाबाट ताल्चा फुटाई सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ८ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया