प्लाष्टिकको ड्रममा डुबेर बालिकाको मृत्यु


सिन्धुली- पानीमा डुबेर सिन्धुलीको तीनपाटन गाउँपालिका-८ मा बालिकाको मृत्यु भएको छ ।

आइतबार महाभिरडाँडाका टंकबहादुर मगरकी अढाइ वर्षकी छोरी अनिशाको घर पछाडि प्लाष्टिकको ड्रममा शौचालयमा प्रयोग गर्न राखेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेको अवस्थामा फेला परेकी बालिकालाई उपचारको लागि लाम्पान्टार स्वास्थ्य चौकी लगेकोमा चिकित्सकले मृत घोषण गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया