माअ‍ोवादी नेतामाथि आक्रमण गरेको आरोपमा ४ जना पक्राउ


काठमाडौं- माअ‍ाेवादी नेता जनक बर्तौलालाई खुकुरी र रड प्रहार गरी भागेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका– १० चटारका २४ वर्षीय शेरबहादुर थारु, कोहलपुर– १ कौशिला नगरका २६ वर्षीय आशिष लामिछाने मगर र झापा मेचिनगर नगरपालिका– ८ मेचेगाउँका ३४ वर्षीय कैलास भनिने टेकबहादुर प्रधान छन् ।

पक्राउ परेका तीनै जनालाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए । उनीहरूको बयानका आधारमा मुख्य योजनाकार पनि पक्राउ परेको उनले बताए ।

घटनाका मुख्य योजनाकार मोरङको कानेपोखरी नगरपालिका– ४ का ३५ वर्षीय क्रान्ति बराईली भनिने निलम बिश्वकर्मा रहेको र उनलाई ११ फागुनमा कलंकीबाट पक्राउ गरी अदालतमा बुझाएको छ ।

बर्तौलालाई गत २२ कातिकमा काठमाडौंको आईप्लेक्स मल नजिकै उनीहरूले धारिलो हतियार प्रहर गरेका थिए ।

प्रतिक्रिया