मानसिक समस्याका कारण अपराधिक घटना बढिरहेको छ : सांसद बराल


काठमाडौं- नेकपा (एमाले) का सांसद सुनिता बरालले मानसिक समस्याका कारण समाजमा आपराधिक घट्ना घटेको भन्दै सरकारको ध्यानाकार्षण गराएकी छिन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले यस्तो बताएकी हुन् ।

आत्महत्याको समस्या पछिल्लो समय झनै बढेको भन्दै बरालले मानसिक समस्याको कारण र निराकरणको उपाय खोज्नुपर्नेमा जोड दिईन् । उनले भनिन्,‘केही दनिअघि ललतिपुरमा एक महिलाले आफ्ना दुई बच्चाको हत्यागरी आत्महत्या गरिन् । त्यस्तै काठमाडौंमा तीन जनाको हत्या गरी एक पुरुषले आत्महत्या गरे । आत्महत्याको दर असाध्यै अत्यासलाग्दो तरिकाले बढिरहेको छ । डिप्रेसनका कारण बढेका अपराध र अपराधिक अवस्था डरलाग्दो अवस्था छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक छ ।’

प्रतिक्रिया