भक्तपुरमा रोकी राखेको मोटरसाइकलमा आगलागी


काठमाडौँ – भक्तपुरमा रोकी राखेको मोटरसाइकलमा आगलागी भएको छ ।

मध्यपुर ठिमी नगरपालिका-६ भीमसेन चोकस्थित सडक छेउमा पार्किङ गरी राखेको बा.८३ प २५२८ नम्बरको मोटरसाइकलमा गएराति आगलागी हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको हो ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया