

सुन्थराली विमानस्थलमा परीक्षण उडान सफल, भोली उद्घाटन

काठमाडौं – कालिकोटको सुनथराली विमानस्थलको परीक्षण उडान सफल भएको छ।
आइतबार प्राविधिक टोलीसहित नेपालगञ्जबाट उडेको तारा एयरको जहाजले सुनथराली विमानस्थलको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।
विमानस्थल उद्घाटनका लागि यसअघि तीनपटक समय तोकिए पनि विभिन्न कारणले उद्घाटन हुन सकेको थिएन।
भोलि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीद्वारा विमानस्थल उद्घाटन गर्ने तयारी भइरहेको बताइएको छ ।
२०४२ सालमा निर्माण कार्य सुरु गरिएको सुनथराली विमानस्थल २०७९ साल माघ ११ गते निर्माण कार्य सम्पन्न भएको थियो।

