

नेपाल टेलिकमका केबल तार चोरी गर्ने तीनजना पक्राउ

काठमाडौं- कास्कीमा नेपाल टेलिकमको केबल तार चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीका २९ वर्षीय रमेश सार्की, २१ वर्षीय विजय नेपाली र भारत मोतिहारी जिल्ला स्थायी घर भई हाल कास्की बस्दै आएका ३३ वर्षीय फिरोज आलम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की मातहतको इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ८ फागुनमा पोखरा महानगरपालिकाको विभिन्न स्थानमा रहेका नेपाल टेलिकमको केबल तार चोरी भएको भन्ने सूचना प्राप्त भएको थियो । त्यसै आधारमा खटिएको प्रहरी टोलीले सोही दिन आरोपित तीन जनाको साथबाट तार बरामद गरेको हो ।

