

फेरि नेपालले हार्यो टस, पहिले ब्याटिङ गर्ने

काठमाडौं – आईसीसी विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा नेपालले टस हारेको छ ।
नेदरल्याण्डविरुद्ध सिरिजको अन्तिम खेल खेल्न लागेको नेपालले टस हरेपछि पहिला ब्याटिङ गर्ने भएको हो ।
टियु क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध नेदरल्यान्डले पहिला बलिङ गर्ने निर्णय लिएको हो ।
जारी लिगमा ३ खेल खेलेका नेदरल्यान्ड र नेपालले एक खेलमा जित र २ खेलमा हार बेहोरेका छन् । पहिलो खेलमा नेदरल्यान्ड नेपालसँग पराजित भएको थियो ।

