अस्कल क्याम्पसमा अखिलका नेतामाथि कुटपिट, एकजना पक्राउ


काठमाडौं- अमृत साइन्स क्याम्पस (अस्कल)मा अखिलका नेता कुटिएका छन् ।

शुक्रबार साँझ अखिलका स्थायी कमिटी सदस्य कमल जोशी कुटिएका हुन् । जोशी घाइते भएको प्रहरीले जनाएको छ ।

कलेजमा आयोजित कार्यक्रम सकेर फर्किने क्रममा जोशीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।

जोशीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले काभ्रेका एक जनालाई पक्राउ गरेको  छ ।

 

प्रतिक्रिया