नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नापी कार्यालयमा कार्यरत सर्वेक्षक रामविर यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा, विनोद अधिकारी, प्रदिप पौडेल, आशिषराज बस्नेत र बिचौलि दिनेश बन्जारावविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारको टोलीले नापी सर्भेक्षक यादव, लेखापढी व्यवसायी बन्जरा र अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरेकाे थियो ।

जग्गा कित्ताकाँटगरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग उनीहरूले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले अनुसन्धान सुरू गरेको थियो ।

 

 

प्रतिक्रिया