सिंहदरबार छिर्न नपाएपछि मिटरब्याजी पीडितहरूले सडकमै थाले प्रदर्शन


काठमाडौं- सिंहदरबार आउन लागेका मिटरब्याजी पीडितहरूलाई प्रहरीले भृकुटीमण्डपमै रोकेको छ।

विगत २५ दिनदेखि निरन्तर पैदल यात्रा गरेर काठमाडौँ आएका पीडितको सिंहदरबार अगाडि ‘न्याय मार्च’ गर्ने योजना थियो तर प्रहरीले उनीहरूको योजना भने सफल हुन दिएन ।

सिंहदरबार जाने क्रममा भृकुटीमण्डप क्षेत्रमै प्रहरीले रोकेपछि उनीहरुले सोही स्थानमा सडकमा बसेर बिरोध जनाएका छन् ।

प्रदर्शनकारीहरुले किसानको भूमि फिर्ता गर्, पीडितहरु एक हौँ, हाम्रो आन्दोलन जारी छ, मेची, महाकाली, काठमाडौं पैदल यात्रा सफल पारौँ, पीडितलाई न्याय दे लगायतका नारा लगाएर विरोध जनाएका छन् ।

उनीहरु बुधवार साँझ पैदल यात्रा गरेर काठमाडौं आइपुगेका थिए ।

प्रतिक्रिया