रुसी सेनामा भर्ना भएका २४० नेपालीद्वारा उद्धारको याचना


काठमाडौं- रुसी सेनामा भर्ना भएका २ सय ४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन्  । उनीहरूका आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन दिएका हुन् ।

उजुरी दिएको आधारमा कन्सुलर सेवा विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।  रुसी सेनामा कार्यरत ४५ जना नेपाली स्वदेश फर्किसकेका छन् । रुसी सेनामा कार्यरत १३ जना नेपालीको मृत्यु भइसकेको छ ।

रुसले मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन तयार भएको छ ।

 

प्रतिक्रिया