अफगानिस्तानको फुटबल रङ्गशालामा दुई जनालाई मृत्युदण्ड


एजेन्सी- पूर्वी अफगानिस्तानको एउटा फुटबल रङ्गशालामा बिहीबार दुई व्यक्तिलाई सार्वजनिकरूपमा मृत्युदण्ड दिएको छ ।

गजनी प्रान्तका सूचना तथा संस्कृति विभागले एक सार्वजनिक सूचनामा ‘आँखाको बदला आँखा’ सरहको किसास सजायको मृत्युदण्ड भएको बताएको छ । यद्यपि प्रारम्भमा कैदी वा उनीहरूको अपराधका बारेमा विवरण दिइएको थिएन ।

दुवै मृत्युदण्ड हत्याको अपराधका लागि थिए ।

प्रतिक्रिया