

बलात्कारको आरोपमा इसाई धर्म गुरु पक्राउ

काठमाडौं- अष्ट्रेलियाका इसाई धर्म गुरु क्रिस्टोफर सन्डर्सलाई बलात्कारको आरोप लागेको छ ।
अष्ट्रेलियाका बिसोप भनेर चिनिने ७४ वर्षका उनलाई बुधवार पक्राउ गरिएको छ । उनलाई १४ बलात्कार दखि बालबालिकासँग अनैतिक हर्कत गरेका विभिन्न आरोपहरू लागेका छन् ।
क्रिस्टोफर पक्राउ परेसँगै अष्ट्रेलियाका धर्म गुरुहरूले अनुसन्धानलाई सहयोग गर्ने बताएका छन् ।

