

स्कुटर दुर्घटनामा शिक्षकको मृत्यु

काठमाडौं- सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान शान्तिटोलको भित्री सडकखण्डमा मे १० प ४९२९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो ।
स्कुटर विद्यालयको पर्खालमा ठोक्किएर गम्भीर घाइते भएका ३८ वर्षीय तेन्जिङ तामाङ (तितुङ)को मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएका उनको मृत्यु भएको जनाइएको छ ।
तामाङ (टिटुङ) तरहराको प्याराडाइज बोर्डिङ स्कुलका शिक्षक रहेको खुलेको छ । दुर्घटनामा परेको स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

