

नेपाल ‘ए’ले सुरु गर्यो ब्याटिङ, ६ ओभरमा बनायो १९ रन

काठमाडौं – क्यानडा र नेपाल ‘ए’ टीमबीचको ३ खेलको एकदिवसीय सिरिजको अन्तिम निर्णायक खेल नेपालले क्यानाडाविरुद्ध पहिला ब्याटिङ सुरु गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा क्यानाडाले टस जितेर बलिङ रोजेको हो। आजको खेलमा पनि सन्दिप जोराले कप्तानी सम्हाल्नेछन् । नेपाली टोलीले ४ जना खेलाडी परिवर्तन गरेको छ ।
यो खेल सिरिजको निर्णायक खेल हो । १–१ को बराबरी रहेको सिरिजमा यो खेलको विजेताले सिरिज जित्नेछ । पहिलो खेलमा क्यानडासँग ४ विकेटले पराजित भएको नेपाल ‘ए’ टीमले दोस्रो खेलमा क्यानडालाई २ विकेटले पराजित गरेको थियो ।
खेलको अन्तिम अवस्था अहिलेसम्म नेपालले ६ ओभररमा बिना विकेट १९ रन बनाएको छ ।
नेपालको प्लेइङ—११
अर्जुन कुमाल, बसीर अहमद, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, सुजन थपलिया, हेमन्त धामी, आशुतोष घिरैया, प्रतिश जिसी

