पोखरामा अवतरण गर्न नसकेपछि बुद्धको विमान काठमाडौं फर्कियो


काठमाडौं- काठमाडौंबाट पोखरा उडेको बुद्ध एअरको विमान अवतरण गर्न नसकेपछि काठमाठौं फर्किएको छ ।

बिहान पौने ९ बजे ७३ जना यात्रु लिएर गएको बुद्धको उडान नम्बर बीएचए ६५१ विमान खराब मौसमका कारण अवतरण गर्न नसकेको बताइएको छ ।

पोखरा नजिकैको आकाशबाट डाइभर्ट भएको उक्त विमान साढे ९ बजे काठमाडौंमा अवतरण गरेको जनाइएको छ ।

प्रतिक्रिया