सितापाइलामा एकै परिवारका ३ जना मृत फेला


काठमाडौं- काठमाडौँको सितापाइलामा ३ जना मृत फेला परेका छन् ।

मृतक एउटै परिवार भित्रका सदस्यहरु हुन् ।  मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् ।

घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरु पुगेका छन् । प्रारम्भिक अनुन्धानमा हत्या भएको आशंका गरिएको छ ।

प्रतिक्रिया