
आशिफले बनाए अर्धशतक, ब्याटिङमा सम्हालिँदै नेपाल
काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको नामिबियाविरुद्धको खेलमा नेपालका आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।
५ रनको अन्तरमा ३ विकेट गुमाएर दबाबमा रहेको नेपालका लागि आशिफले कुशल मल्लसँग उत्कृष्ट साझेदारी गर्दै अर्धशतक प्रहार गरेका छन् ।
नेपालका कुशल भुर्तेल १८ रनमा आउट हुँदा अनिल शाह र देव खनाल शुन्य रनमा पेभेलियन फर्किएका छन् ।
नेपाल अहिले १८ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनाएर खेलिरहेको छ ।



कागजपत्र |
