क्यानडाविरुद्ध नेपाल ‘ए’ विजयी


काठमाडौं — नेपाल ए ले क्यानडाविरुद्ध जित हात पारेको छ ।

मूलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोसो खेलमा नेपाल क्यानडा विरुद्ध २ विकेटले विजयी भएको हो ।

क्यानडाले दिएको २४१ रनको लक्ष्य पछ्याउने क्रममा खेलको पहिलो बलमै विकेट गुमाएको नेपालका लागि कप्तान सन्दीप जोराले ६६ रन बनाए भने मध्यक्रममा ब्याटिङका लागि आएका बसिर अहमदले पनि अर्धशतकीय पारी खेले ।

उनले ७३ बलमा ५२ रन बनाए । त्यस्तै नेपालका लागि रसिद खानले ४७ रन बनाए । त्यस्तै अर्जुन कुमालले ४० रन बनाएका थिए ।

क्यानडाका लागि अमोर खालिद, सहिद अहमद्जाई र निखिल दत्ताले २/२ विकेट लिएका थिए ।

त्यसअघि क्यानडाका श्रेयस मोभ्याले ६८ रन, नभनीत धालिवालले ४६ रन बनाएका थिए । त्यसका साथमा क्यानडा ४९.५ ओभरमा २४० रनमा अलआउट भएको थियो । नेपालका लागि साहाब आलमले ३ विकेट लिएका थिए भने रसिद खान र शेर मल्लले २/२ विकेट लिएका थिए ।

तीन खेलको सिरिजमा दुवै टोलीले १/१ खेल जितेका छन् ।

प्रतिक्रिया