धनगढीमा नवजात शिशु मृत फेला, आमा फरार


कैलाली- कैलालीकाे धनगढी उपमहानगरपालिका- ४ बसपार्क नजिक कोठामा नवजात शिशु मृत फेला परेकाे छ । धनगढी उपमहानगरपालिका- १६ घर भएकी पूजा राना बस्दै आएको कोठामा सोमबार राति नवजात शिशु मृत फेला परेको हो ।

घटनामा घरबेटी र कोठाको ताला तोडेर भित्र पसेका महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न भन्दै प्रहरीले घरबेटी र गोदावरी घर भएका दुई महिलालाई नियन्त्रणमा लिएको कैलालीका डीएसपी तथा प्रवक्ता कुलदिप चन्दले बताए ।

राति कोठाको ताला तोडेर भित्र गएका महिलाहरूले कपडामा बेरेर राखेको नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका चन्दले बताए । उनका अनुसार कोठामा बस्दै गरेकी शिशुकी आमा रानाको खोजी भइरहेको छ ।

मृत फेला परेको नवजात शिशुको पोष्टमार्टम गर्न सेती प्रादेशिक अस्पताल राखिएको छ ।

प्रतिक्रिया