कांग्रेसका ६ शुभेच्छुक संस्थाले गरे महासमिति बैठक बहिस्कार


काठमाडौं – नेपाली कांग्रेसको आजदेखि सुरु भएको महासमिति बैठकमा ६ वटा शुभेच्छुक संस्था सहभागी नहुने भएका छन् ।

सोमबार नेपाल नेपाल प्रेस युनियन, ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसन, नेपाल डेमोक्र्याटिक इन्जिनियर्स नेपाल रप्रजातन्तवादी संघले  लिखित रुपमै महासमिति बैठकमा सहभागी नहुने जानकारी दिएका हुन् ।

पार्टीले शुभेच्छुक संस्थाले पठाएको आधिकारिक नाम समावेश नगरेको र विधानको व्यवस्था विपरीत निर्वाचित अध्यक्षलाई आमन्त्रित महासमिति सदस्य बनाएको भन्दै बैठक बहिष्कार गरेको उल्लेख गरेका छन् ।

यस्तै उनीहरुले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को व्यवस्था र निर्वाचन समितिको निर्णय एवं केन्द्रीय कार्यसमितिको निर्णय विधान विपरीत भएको भन्दै महासमिति बैठकमा सहभागी नहुने जानकारी गराएका छन् ।

प्रतिक्रिया