चिमौरिया समूहले घोषणा गरेको विशेष महाधिवेशनले वैधानिकता नपाउने


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रिय ख्रीष्टियन महासंघलाई अनिर्णयको बन्दी बनाउनका लागि विभिन्न अवैधानिक गतिविधि गर्दै आएको उद्धव चिमौरिया समुहले घोषणा गरेको भनिएको विशेष महाधिवेशनले वैधानिकता नदिने भएको छ ।

आइतबार चिमौरिया समुहले ६० दिनभित्र विशेष महाधिवेशन गरेर महासंघलाई निकास दिने दावी गरेको थियो । महासंघको विवादलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत रुपमा दर्ता गराएका चिमौरिया समुहको उक्त गतिविधिले कानुनी मान्यता नपाउने भएको हो ।

‘ख्रीष्टियन महासंघको विवाद हाम्रो कार्यालयमा विचाराधीन छ, उहाँहरुको विवाद समाधानका लागि छलफलमै छौँ’ जिल्ला प्रशासन कार्यालयका एक अधिकारी भन्छन्, ‘हाम्रो कार्यालयमा भएको विवाद औपचारिक रुपमा नटुंगिएसम्म बाहिर बाहिर भएका जुनसुकै गतिविधिले कानुनी मान्यता पाउँदैन ।’

महासंघको विवाद अब जिल्ला प्रशासन कार्यालयले नै समाधान गर्ने समेत उनको दावी थियो । उनले थपे, ‘बाहिर के भएको छ, हामीलाई थाहा छैन, हामीले छलफलको प्रयास जारी राखेका छौँ, अहिले सहमति जुटिसकेको छैन ।’

प्रतिक्रिया