कांग्रेसको मौलिकता फर्काउनुपर्छ : शेखर कोइराला


काठमाडाैं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालेलमहासमिति बैठकबाट कांग्रेसको मौलिकता जोगाउन सक्नुपर्ने बताएका छन् ।  महासमितिको बैठकको पूर्वसन्ध्यामा आइतबार चियापान कार्यक्रममा कोइरालाले कांग्रेसले आफ्नो मौलिकता गुमाउँदा विगत निर्वाचनमा सात प्रतिशतभन्दा बढी मत गुमेको भन्दै महासमिति बैठकमा गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए ।

‘कांग्रेसको मौलिकतामा आँच नआउने गरी महासमितिका प्रस्तावहरू परिमार्जन गरिनुपर्छ । गत निर्वाचनमा कांग्रेसको सात प्रतिशतभन्दा बढी मत गुम्यो । यसको कारणबारे महासमितिमा छलफल गर्नुपर्‍यो’ कोइरालाले भने ।

यस्तै उनले भ्रष्टाचार न्यूनीकरण नभई सुशासन हुन नसक्ने दाबी गरेका छन् । उनले भने,‘क्याबिनेटको निर्णयलाई नीतिगत निर्णय भनिकन पन्छ्यादिन्छौं धेरै कुराहरु। अख्तियारले पनि त्यसलाई नीतिगत निर्णय भनिकन पन्छ्याइदिएको हुन्छ। तर हामीहरुले सोच्नुपर्ने के छ भने प्राविधिक केछन् कार्यविधिहरु कस्ता छन् ती कुराहरु गम्भीर रुपले हेर्नुपर्नेछ ।’

उनले कानुन भन्दामाथि कुनै पनि विशिष्ट व्यक्ति हुन नसक्ने धारणा राखे । उनले भने,‘कानुनभन्दा माथि कुनै पनि विशिष्ट व्यक्तिहुन सक्दैन। यी सबै कुरालाई महासमिति बैठकमा छलफल गरेर निक्र्यौल गर्नेछ भन्ने विश्वास लिएको छु ।’

 

 

प्रतिक्रिया