
सडकमै दूध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान
काठमाडौँ- सरकारले दूधको भुक्तानी नदिएको भन्दै चितवनका दूध किसानहरूले सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् ।
किसानहरूले सडकमा दूध पोखाउनुका साथै किसानको समस्याको समाधानका लागि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएका छन् ।
चितवन दुग्ध उत्पादक सहकारीहरूले दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथितिको विरोधमा आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए ।
किसानहरूले उत्पादन गरेको दूधको बिक्रीको व्यवस्था र किसानहरूले भुक्तानी पाउनुपर्ने २ वटा माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । चितवनका किसानहरूले साउन महिनादेखिको करिब ५२ करोड भुक्तानी बाँकी रहेको जनाएका छन् । त्यस्तै ५ दिनदेखि दूध बिक्री नभएको उनीहरूको भनाइ छ ।
चितवनबाट दैनिक १ लाख ५१ हजार लिटर दूध बिक्री हुँदै आएको छ । तथापि दूध बिक्री नभएर फाल्नु पर्ने अवस्था भएपछि नचाहँदा नचाहँदै पनि सडक दूध पोख्न बाध्य भएको किसानहरूले बतएका छन् ।



कागजपत्र |
