त्रिवि उपकुलपतिका उम्मेदवारको अन्तर्वार्ता आज, यी १४ मध्ये कसले मार्ला बाजी ?


काठमाडौं – त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिष्टमा परेका उम्मेद्वारहरुको अन्तर्वार्ता आज हुने भएको छ । उपकुलपति छनोट समितिको बिहीबार बसेको बैठकले अन्तर्वार्ताको मिति तय गरेको थियो। ​

सोही अनुसार आज दुई सिफ्टमा अन्तरवार्ता लिन लागिएको हो। सर्ट लिस्टमा परेका सात जनाको बिहान साढे ८ बजेदेखि अन्तरवार्ता हुनेछ। जस अनुसार कुशुम शाक्य, केदारजंग बराल, गोबिन्द सुवेदी, विश्वबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको पहिलो चरणमा अन्तरवार्ता हुनेछ।

दिउँसो १ बजेदेखि नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सुर्यबहादुर थापाको अन्तरवार्ता हुनेछ।

विज्ञ र छनोट समितिको सदस्यसँगै बसेर अन्तर्वार्ता लिन लागेको हो। अन्तरवार्ताको समय २० मिनेट हुने समिति सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारी जानकारी दिए।

प्रतिक्रिया