जडीबुटीमा भीषण आगलागी, नियन्त्रणमा लिने प्रयास जारी


काठमाडौं – काठमाडौंकाे जडीबुटीमा भीषण आगाे लागेकाे छ । शुक्रबार साँझ स्थानीय छाप्रो भन्ने स्थानमा रहेको फर्निचर कारखानामा आगलागी भएको हो ।

मुख्य सडक नजिकै पर्ने स्थानमा लागेको आगो निभाउन यतिबेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै उपत्यकाका चार वडा दमकल प्रयोग गरिएको छ ।

यद्यपि आगलागी नियन्त्रणमा लिने प्रयास जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आगो के कारणले लाग्न पुग्यो भन्ने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया