

माइतीघरमा राखिएको निषेधाज्ञाको ब्यानर जलाउने ३ जना पक्राउ

काठमाडौं- निषेधित क्षेत्र हटाउन माग गर्दै माइतीघर मण्डलामा टाँगिएको ब्यानर जलाइएको छ ।
आरती साहको न्यायका लागि आन्दोलनमा रहेका आरतीका दाइ प्रेम साह, धर्ना बसिरहेका गोरखाका तेल घलेलगायत तीन जनाले माइतीघरमा टाँगिएको ‘निषेधित क्षेत्र’ लेखिएको ब्यानर जलाएका हुन् ।
उनीहरुले माइतीघरको निषेधाज्ञा खारेज गर ,आरती साहलाई न्याय दे, भ्रष्टाचारी आर्मी मुर्दावाद जस्ता नारा पनि लगाएका थिए ।
निषेधाज्ञाको ब्यानर जलाउने तिनैजनालाई प्रहरीले पक्राउ गरेको छ ।

