दिल्लीमा भीषण आगलागी, ११ जनाको मृत्यु


नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीको अलिपुर क्षेत्रमा बिहीबार भएको आगलागीमा ११ जनाको मृुत्यु भएको छ।

समाचार संस्था एएनआईका अनुसार रङ र रासायनिक पदार्थको गोदाममा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको हो।

भारतको आगलागी विभागका अनुसार रङ र रासानयिक पदार्थका दुई गोदाममा लागेको आगलागीमा ११ जनाको ज्यान गुम्नुका साथै ४ जना घाइते भएका छन्।

आगलागीपछि भयानक विस्फोटको आवाज आएको र नजिकका पसल तथा घरहरुमा पनि आगो लागेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया