मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने गठबन्धनमा सहमति


काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिने भएका छन् ।

जनमत पार्टी सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

सरकारबाट कुनै दल समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

सोही व्यवस्था अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । तर, सत्ता साझेदार दलहरू नै यादवलाई विश्वासको मत दिन तयार थिएनन् ।

सरकारमा सहभागी दलहरूले सरकारको नेतृत्व आलोपालो गर्ने पूर्वसहमति अनुसार नेतृत्व परिवर्तन गर्नुपर्ने अडान राखेको थियो ।

शुक्रबार काठमाडौँमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री यादवलाई तत्काल विश्वासको मत दिने सहमति भएको छ ।

यो सहमतिसँगै मुख्यमन्त्री यादव विश्वासको मत पाउने निश्चित भएको छ ।

प्रतिक्रिया