

चुनावअघि भारतीय कांग्रेस पार्टीका सबै बैंक खाता रोक्का

नयाँदिल्ली- भारतीय कांग्रेसको सबै बैंक खाता रोक्का भएको छ । आयकर विभागले दलको चारैओटा बैंक खाता रोकिदिएको हो । शुक्रबार पार्टीका कोषाध्यक्ष कांग्रेस नेता अजय मकानले यसबारे जानकारी दिएका छन् ।
माकनका अनुसार भारतको आयकर विभागले आर्थिक वर्ष २०१८/०१९ का लागि आयकर दाखिला गरेको अनुसन्धानको क्रममा दुई अर्ब १० करोड भारु (दुई करोड ५३ लाख अमेरिकी डलर बराबर)को भुक्तानी माग गरेको थियो ।
पार्टीले त्यस्तो जरिवाना रकम तिर्न कुनै कदम नचालेको भन्दै चुनावअघि नै पार्टीलाई किनारा लगाउने उद्देश्यले यस्तो कदम चालेको उनले दावी गरे । उनले भने, “राष्ट्रिय चुनावको घोषणा हुनुभन्दा दुई हप्ताअघि नै प्रमुख प्रतिपक्षी दलको खाता रोक्का गरिएको छ, के तपाईंलाई लाग्छ कि हाम्रो देशमा लोकतन्त्र जीवित छ ?”

