नेपालले दियो मलेशियालाई ११६ रनको लक्ष्य


काठमाडौं – एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले मलेशियालाई ११६ रनको लक्ष्य दिएको छ ।

नेपालले ११५ रन बनाउने क्रममा २० ओभरमा ६ विकेट गुमाएको थियो ।

नेपालका लागि इन्दु बर्माले २९ रन बनाएकी थिइन् भने डली भट्टले विस्फोटक २५ रन बनाएकी थिइन् ।

त्यस्तै कविता कुँवरले २३ रन बनाउँदा रुविना क्षेत्रीले २० रन बनाएकी थिइन् ।

मलेशियाका लागि इजजाती इस्मालीले २ विकेट लिएकी थिइन् भने दुरासिंघमले १ विकेट लिएकी थिइन् ।

यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ ।

एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् ।

यसअघि पहिलो सेमिफाइनल खेलमा यूएईले थाइल्यान्डलाई पराजित गर्दै टी–२० एसिया कपमा स्थान पक्का गरिसकेको छ ।

प्रतिक्रिया