नेपालले मलेसियाविरुद्ध ब्याटिङ गर्ने


काठमाडौं- एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेसियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

क्वालालाम्पुरमा टस जितेर नेपालले घरेलु टोलीविरुद्ध ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी प्रतियोगितामा अपराजित रहेको नेपाल सोही लय कायम राख्दै फाइनलमा पुग्ने योजनामा हुनेछ ।

अर्को सेमिफाइनलमा थाइल्यान्डलाई चार रनले हराउँदै यूएई फाइनलमा पुगेको छ । फाइनलमा पुग्ने टोलीले एसिया कपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया