

मनाङ सरुवा भएपछि नेपाल पर्वतारोहण संघका सिइओले सर्वोच्चमा दायर गरे रिट

काठमाडाैं- नेपाल पर्वतारोहण संघको प्रमूख कार्यकारी अधिकृत (सिईओ) लाई मनाङ सरुवा गरेको विरुद्धमा सर्वाेच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
पाँच वर्षको कार्यकालका लागि २०७७ भदौ १ गते नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईलाई हटाउने उद्देश्यले मनाङ सरुवा गरिएपछि उनले सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् ।
सर्वाेच्चले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्वतारोहण संघ र रिट निवेदकलगायत मुद्दाका सबै पक्षलाई भोलि हुने अन्तरिम आदेशको छलफलमा बोलाएको छ ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु अनन्तराज लुईंटेल, किर्तिनाथ शर्मा पौडेल, प्रतिभा उप्रेती, विशाल थापाले राइको तर्फबाट सो मुद्दामा बहस गरिरहेका छन् ।
पर्वतारोहण संघको कर्मचारी प्रशासन नियमावली २०८० को नियम ६(४)ले प्रमूख कार्यकारी अधिकृतको कार्यकाल ५ वर्षको हुने व्यवस्था भएकोमा आफूलाई अपदस्थ गर्ने र चाहेको व्यक्तिलाई सो पदमा नियुिक्त गर्ने उद्देश्यले मनाङ सरुवा गरिएको रिटमा दावी छ ।

