आइसिसी विश्वकप क्रिकेट लिग-२ः नेपालले पहिले ब्याटिङ गर्ने


काठमाडाैं – आइसिसी विश्वकप क्रिकेट लिग-२ को पहिलो त्रिकोणात्मक सिरिजमा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्न लागेको हो। खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।

नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, सोमपाल कामी, करण केसी, ललित राजवंशी, अनिल साह र गुल्सन झा।

आरिफ शेख, सूर्य तामाङ र देव खनाल बेन्चमा छन्। युएईमा रहेका दीपेन्द्रसिंह ऐरीले आजको खेल गुमाएका छन्।

 

प्रतिक्रिया