

महेन्द्रनगरबाट काठमाडाैं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ६ काे मृत्यु, ३० जना घाइते

काठमाडौं – कपिलबस्तुमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गएराति कपिलवस्तुको सुरनाई खोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा कम्तीमा ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नवरत्न पौडेलले जानकारी दिए ।
दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् ।
उनका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ ।
विस्तृत विवरण आउन बाँकी छ ।

