
तारकेश्वरमा विद्युत्को पोल चढ्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
काठमाडौं- काठमाडौंको तारकेश्वरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
तारकेश्वर नगरपालिका १० मनमैजु घले पुलस्थित बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।
उनको मंगलवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनको सनाखत हुन सकेको छैन ।



कागजपत्र |
