जिउँदै पतिलाई मरेको भन्दै भत्ता लिने निर्मलालाई ३ महिना कैद


काठमाडौं- जिउँदै पतिलाई मरेको भनी मृत्युदर्ता प्रमाणपत्रका आधारमा एकल महिला भत्ता लिएको आरोपमा विशेष अदालतले रामेछापकी एक महिला र वडा सचिवलाई दोषी ठहर गरेको छ ।

विशेष अदालतले रामेछापकी निर्मला खत्रीलाई ३ महिना कैद र १० हजार रुपैंया जरिवाना गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई जरिवाना गरेको हो ।

यस्तै आवश्यक प्रमाण नै नबुझी मृत्युदर्ता प्रमाणपत्र बनाई भत्ता दिएको आरोपमा रामेछापको मन्थली नगरपालिका–३ का वडा सचिव शिव कुमार महतो पनि दोषी ठहर भएका छन् । उनलाई पनि ३ महिना कैद र १० हजार रुपैंया जरिवाना गरिएको छ ।

प्रतिक्रिया