कञ्चनपुरमा मानसिक सन्तुलन ठिक नभएकी महिलामाथि करणी


कञ्चनपुर- कञ्चनपुरमा मानसिक सन्तुलन ठिक नभएकी एक महिलामाथि जबरजस्ती करणी भएको छ। जिल्लाको झलारीकी एक महिलामाथि करणी भएको हो ।

मानसिक सन्तुलन ठिक नभएकी झलारी २४ ‘क’ (नाम परिवर्तन) लाई आफ्नै घरमा बोलाएर करणी गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा दिएको जाहेरी थिए । आफन्तको जाहेरीका आधारमा जिल्लाको कृष्णपुर नगरपालिका–२ का ३१ वर्षीय कृष्णानन्द पन्त मङ्गलवार पक्राउ परेका छन् ।  उनले महिलामाथि सोमवार करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार घटनाबारे थप अनुसन्धान जारी  छ ।

प्रतिक्रिया