

गृहमन्त्री थापाले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।
थापाले आज सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट खोप लगाएको मन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईले जनाकारी दिए।
सरकारले दोस्रो चरणको खोप अभियानअन्तर्गत आजदेखि १० दिनसम्म ६५ वर्षभन्दा माथिकालाई खोप लगाउँदै छ। १० दिनपछि ५५ वर्षभन्दा माथिकालाई खोप लगाइने छ।
प्रधानमन्त्री ओलीले पनि आजै त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा पुगेर कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् ।

