क्यानडाविरुद्ध नेपाल ९ विकेटले विजयी


काठमाडौं — क्यानडाविरुद्धको सिरिजको अन्तिम खेलमा नेपालले ९ विकेटको शानदार जित हात पारेको छ ।

यससँगै नेपालले सिरिज क्लिनस्पिव गरेको छ ।

नेपालका लागि भीम सार्की र अनिल शाहको शतकका साथ ९ विकेटले २२३ रनको लक्ष्य भेटाएको हो ।

नेपालको जितका लागि शतक प्रहार गरेका अनिल शाहले छक्का प्रहार गर्दै जित दिलाएक थिए ।

नेपालका लागि शाह र भिम सार्की दुवैले शतक प्रहार गरेका थिए ।

अनिलले ११२ रन बनाउँदा भिमले १०१ रन बनाएका थिए । दुवै खेलाडी अविजित रहेका छन् ।

त्यसअघि क्यानडाका लागि नभनीत धलिवालले अर्धशतक प्रहार गरेका थिए । आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट हुँदा कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे ।

बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिदा कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिएका थिए ।

नेपालले पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया