

त्रिविका निमित्त उपकुलपति भुसाललाई हटाउन सांसद सुमनाको माग

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का निमित्त उपकुलपति प्राडा शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन् ।
सोमवार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले सो माग गरेकी हुन् ।
सांसद श्रेष्ठले निमित्त उपकुलपति भुसालले आफैँ उपकुलपति हुने नियतका साथ गतिविधि गरेकाले उनलाई सरकारले तत्काल पदबाट हटाउनुपर्ने जिकिर गरिन् ।
उनले निमित्त उपकुलपति लम्सालले भागबण्डा गर्ने हिसाबले त्रिविमा आफ्नो गतिविधि बढाएको भन्दै त्यस्ता व्यक्ति त्रिविको उपकुलपति हुन लायक नहुने दावीसमेत गरिन् ।

