नेपाललाई क्यानडाले दियो २३३ रनको लक्ष्य, हेमन्तले डेब्यू खेलमा लिए तीन विकेट


काठमाडाैं-  एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा पाहुना टोली क्यानडाले नेपाललाई २ सय ३३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनायो ।

उसका लागि ओपनर नवनीत धालिवालले ८२ बलमा ५ चौकासहित सर्वाधिक ५० रन बनाए । यस्तै, निखिल दत्तले ४५, हर्ष ठाकरले २९, श्रेयस मोव्वाले २५, कप्तान सादन बिन जाफरले अविजित ३१, श्रीमन्थ विजेरत्नेले २२ रन जोडे । नेपालका लागि आज डेब्यू गरेका हेमन्त धामीले ८ ओभरमा ५० रन दिएर सर्वाधिक तीन विकेट लिए ।

यस्तै, कुशल मल्लले दुई/दुई, आकाश चन्द तथा ललितनारायण राजवंशीले एक/एक विकेट हात पारे । नेपालले आज प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ । नेपालले तेस्रो खेलमा सोमपाल कामी, आसिफ शेख, रिजन ढकाल, सूर्य तामाङलाई विश्राम दिएर कुशल भुर्तेल, आरिफ शेख, ललितनारायण राजवंशी र हेमन्त धामीलाई मौका दिएको हो ।

सिरिज नेपालले एक खेल अगावै जितिसकेको छ । नेपालले पहिलो र दोस्रो खेल क्रमशः ७ रन तथा ४ विकेटले जितेको थियो ।

प्रतिक्रिया