माओवादीको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा सुरु


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आजको बैठक सुरू भएको हो । बैठक सोमबारसम्म चल्ने छ । बैठकमा चार महिने विशेष रूपान्तरण अभियान सम्बन्धमा समीक्षा हुने छ ।

आजको बैठकमा प्रदेश इन्चार्जले अभियानको समीक्षात्मक रिपोर्ट पेस गर्ने कार्यतालिका रहेको छ ।

यस्तै अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र पार्टीको स्थिति, समसामयिक राजनीति र अन्तर्राष्ट्रिय परिस्थितिबारे बैठकलाई ब्रिफिङ गर्नेछन् ।

प्रतिक्रिया