
एसीसी वुमन्स प्रिमियर कपः नेपालको लगातार दोस्रो जित, भुटानविरुद्ध ८ विकेटले विजयी
काठमाडौं – एसीसी वुमन्स प्रिमियर कपमा नेपालले दोस्रो जित हात पारेको छ ।
सम्पन्न खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको हो ।
भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो ।
नेपालका लागि सिता राना मगर र रुविना क्षेत्रीले क्रमशः ३२ रन र १७ रन बनाए ।
त्यसअघि बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनाएको थियो ।
भुटानकी ओपनर न्गावांग चोडेनले ५० बलमा १ चौकासहित सर्वाधिक २५ रन बनाइन् । भुटानकी ओपनर यक्षे चोडेनलाई नेपालकी तीव्र गतिकी बलर कविता कुँवरले १ रनमा बोल्ड गरेकी थिइन् ।
छिरिङ जान्ग्मो ३५ बलमा १ चौकासहित १६ रनमा आउट भइन् । सीता रानामगरको फुलटस बलमा अघि बढेर सट खेल्ने धुनमा काजोल श्रेष्ठबाट स्टम्पिङ आउट भएकी थिइन् ।
कप्तान तथा विकेटकिपर डेचन वान्ग्मो २१ बलमा ३ चौकासहित १७ रनमा आउट भइन् ।



कागजपत्र |
