विश्वभर कोरोना संक्रमित संख्या ४ करोड २९ लाख, ११ लाख ५४ हजारको मृत्यु


काठमाडौं — विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २९ लाख नाघेको छ ।

पछिल्लो २४ घन्टामा ४ लाख ५२ हजार ४ सय ६२ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड २९ लाख १७ हजार ८ सय २६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ५ हजार ५ सय ९२ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख ५४ हजार ३ सय ५ पुगेको छ ।

हालसम्म विश्वमा कोरोनाबाट निको हुनेको संख्या ३ करोड १६ लाख ५९ हजार ९ सय ८६ रहेको छ ।

प्रतिक्रिया