

चितवनमा बस र ट्रक ठोक्किँदा २० जना घाइते, २ को अवस्था गम्भीर

चितवन – चितवनमा गएराति बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नम्बर बस गएराति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नम्बरको ट्रकसित ठोक्किएको हो।
घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए। उनीहरूको उपचार चितवन मेडिकल कलेज भरतपुरमा भइरहेको छ।
फरार बसचालकको खोजी गरिरहेको प्रमुख सुवेदीले बताए।

